गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

गङ्गालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले  राष्ट्रिय टोलीमा रहेका खेलाडीको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गरिने सम्बन्धी आज सम्झौता गरिएको छ ।

गत साउन २७ गते स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीको स्वास्थ्यपरीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका हुन् । सोही घोषणा अनुसार त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता देखाएका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र अस्पतालबीच हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार आवश्यक आर्थिक व्यवस्थापन अस्पतालले आफ्नै स्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । उक्त सम्झौता हरेक वर्ष नवीकरण गर्ने व्यवस्था गरिएको छ ।

घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टोलीका सात सय ५७  खेलाडी लाभान्वित हुनेछन् । पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोबद्र्धनको स्वास्थ्य परीक्षण गरी परीक्षणको औपचारिक सुरुवात गरिएको छ । परीक्षणको औपचारिक सुरुवात कार्यक्रममा बोल्दै मन्त्री पौडेलले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीको स्वास्थ्य प्राथमिकतामा राखेको बताए । 

अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने मन्त्री पौडेलको भनाइ छ । ‘स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार छु’, उनले भने, ‘यो सुरुवात खेलाडीप्रतिको सम्मान पनि हो ।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको बताउँदै स्वास्थ्यमन्त्री पौडेलप्रति आभार प्रकट गरे।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २० बजे

बाँकेमा धान उत्पादनमा वृद्धि

राँझा – बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल

 पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी

 एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग

देशमा आर्थिक–सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

सुनसरी – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको

टुँडिखेलमा उँधौली साकेला (तस्बिरहरू)

काठमाडौं – प्रकृति पुजारी भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो