बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै | Khabarhub Khabarhub

बाढीले फोक्सिङटार पुलबगाएपछि झोलुङ्गे पुल मर्मत गरिँदै


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यही असोज १२ गते आएको  बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा आवतजावत गर्ने वातावरण मिलाउन जिल्लाका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत थालिएको हो । 

खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारे घाटमा जडान गरेर सञ्चालन गरिएको झोलुङ्गे पुलमा बाढीले क्षति गरेको थियो । दसैँको टीकाअघि सुनकोसीस्थित तीनवटै घाटको झोलुङ्गे पुल पुनःसञ्चालनमा ल्याउनेगरी मर्मत कार्यलाई तीव्रता दिइएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।  

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका–३ चनौटेस्थित सुनकोसी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरेर पुनःसञ्चालनमा ल्याइसकिएको जनाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक लाख ४५ हजार रकम उपलब्ध गराएपछि तारजाली तथा आवश्यक पर्ने सामग्री खरिद गरेर क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत गरिएको हो । 

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित मोटरेबल पक्की पुलको विकल्पमा भण्डारेघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए।

‘हाम्रो दैनिकीसँग जोडिएको फोक्सिङ्टार पुल बाढीले बगाएपछि तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ । यो जिल्लावासीका निम्तिसमेत ठूलो क्षति हो’, उनले भने, ‘फोक्सिङ्टार पुलका कारण निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानीका निम्ति ठूलो असर पुगेको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’

सगरमाथा राष्ट्रि«य राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।

उता, मोटरेबल पक्की पुलको योजन सुरु भएको धाप्लाङघाटमा ठेकेदारको लापरबाहीले पक्की निर्माण नहुँदा झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ । विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेको धाप्लाङघाटको मोटरेबल पुल अहिलेसम्म अलपत्र अवस्थामा छ । 

निर्माण लिएको पुलको पिलर नदीको पानीले जग कटान गर्दै गएपछि बाङ्शिलाको छ । विसं २०७६ मै बनिसक्नुपर्ने मोटरेबल पुलको दुवैतर्फ पिलरमात्र ठड्याइएको थियो । 

निर्माणाधीन मोटरेबल पक्की पुलको काम अलपत्र भएपछि खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटको झोलुङ्गे पुलको मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए।

‘बाढीले पुलको लठ्ठा चुँडिनुका साथै ठाउँठाउँमा भ्वाङ परेर आवजावत गर्नै नमिल्ने गरी क्षति पुगेको थियो । गाउँपालिकाले तारजाली उपलब्ध गरायौँ’, उनले भने, ‘स्थानीयवासीले मर्मत गरेर पुनःसञ्चालनमा ल्याएका छन् । अहिले मोटरबाइकसमेत आवतजावत गराउन मिल्ने भएको छ ।’

जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने सुनकोसी नदीकै मैनाटार, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट र खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाटको झोलुङ्गे पुलहरु मर्मत कार्य भइरहेका छन् । 

मर्मत कार्य भइरहेका तीनवटै ठाउँका झोलुङ्गे पुल दसैँको टीकाभन्दा अगाडि नै सञ्चालनमा ल्याउनेगरी तीव्रता दिइएको जनाइएको छ । 

चाडपर्वको पूर्वसन्ध्यामा आएको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन्। मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । 

सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुबीच सडकमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए। अवरुद्ध सडक खुलाउन मध्यपहाडी लोकमार्ग तथा सम्बन्धित स्थानीय तहले मेसिन प्रयोग गरिएका छन् ।  

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ११ : ३३ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज