भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण « Khabarhub

भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण


२४ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान हस्तान्तरण गरेको छ । 

भारतीय दूतावासले बुधबार एक कार्यक्रमबीच महावाणिज्य दूतावास वीरगञ्जबाट बाढीपहिरोले अवरुद्ध सडक सञ्चालन गर्न रु ३८ करोड मूल्य बराबरको १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान पहिलो चरणमा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रजिअ भुसाललाई स्टिल ब्रिजका सामान तथा उपकरण हस्तान्तरण गरेका हुन् । 

भारतीय दूतावासले नेपाल सरकारको अनुरोधमा सो स्टिल ब्रिजका उपकरण उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ । ती सबै उपकरण अनुदानबापत् उपलब्ध गराइएको हो । दूतावासले आगामी दिनमा पनि प्रिफ्याब्रिकेट स्टिल ब्रिज उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । 

दूतावासले पछिल्ला दुई दिनमा २५ टन बराबरका औषधी, ‘लाइफ ज्याकेट’, ‘रबरबोट’, ‘स्लिपिङ ब्याग’ लगायतका सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ४ : ५० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको