दसैँका लागि कैदीबन्दीलाई खसी र नगद « Khabarhub

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । 

बडादसैँको अवसरमा जिल्ला कारागारका एक सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद रु पाँच हजार उपलब्ध गराएको सङ्घका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले जानकारी दिए। 

उनले आज एक कार्यक्रमबीच निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका थिए।

सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको बताए।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ६ : ३१ बजे

विश्व स्वास्थ्य सुरक्षामा जोखिम, अमेरिकाको फिर्ता विश्व स्वास्थ्यका लागि चुनौती

जेनेभा– विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संयुक्त राज्य

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा