हिरासतमा रवि भेटेपछि दीपकराज भन्छन्- उनले त्यति ठूलो बदमासी गरे जस्तो लाग्दैन « Khabarhub

हिरासतमा रवि भेटेपछि दीपकराज भन्छन्- उनले त्यति ठूलो बदमासी गरे जस्तो लाग्दैन


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार एवम् चलचित्र निर्माता दीपकराज गिरीले पुराना साथीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा भेटेका छन् ।

पत्नी र साथी निर्मल शर्मासहित शनिबार राति पोखरा पुगेर दीपकले रविलाई भेटेका हुन् । उनले रविलाई भेटेपछि सय अपराधी छुटे पनि एउटा नरपराधी फस्न नहुने बताए ।

‘म त भन्छु, सयजना अपराधी छुटुन् तर एउटा निरपराधी नपरोस् । मुलुकमा निराशा बढिरहेका बेला देशलाई नयाँ बाटोमा लान्छु, नयाँ नेतृत्व दिन्छु भन्ने मान्छेले यो तहको बदमासी गर्‍यो भन्ने मलाई लाग्दैन । त्यो हदसम्म चुक्ला भन्ने मलाई लाग्दैन’, उनले भने, ‘रवि र मेरो पुरानो मित्रता छ । ३० वर्षभन्दा अघिदेखिको मित्रता हो । म गैराजनीतिक व्यक्ति हो । एउटालाई पर्दा अर्को साथी आउनु स्वभाविक पनि हो ।’

उनले आफू सामाजिक प्राणी भएकाले राजनीति घटनाक्रमबाट टाढा रहन नसक्ने बताए । ‘त्यसो भन्दा हामी सामाजिक राजनीतिक कुराबाट टाढा बस्न सक्दैनौँ । सबैभन्दा पहिलो कारण मित्रता हो । कानुनी कुरामा हामीले बोल्न मिल्दैन’, उनले भने, ‘सकेसम्म उहाँलाई हिरासत बाहिरै राखेर अनुसन्धान होस् भन्न चाहन्छु । पहिलेदेखिको सम्बन्ध भएकाले म उहाँलाई व्यक्तिगत रुपमा राम्रोसँग चिन्छु । हामीबीच दु:खसुखको कुरा हुन्छ । उहाँ व्यक्तिगत रुपमा खराब मान्छे होइन, त्यही भएर मलाई उहाँप्रति करणा भाव आयो ।’

गिरीले गृहमन्त्री भइसकेको मान्छे सकेसम्म बाहिर बसेर मुद्दा लड्न दिए हुन्थ्यो भन्ने लागेको बताएका छन् । ‘हामीले धेरै घटनाक्रम देखेका छौँ । उपल्लो दर्जामा पुगेका नेता पनि हिरासतमा बसेका छन् । कतिपय केशमा हामीले थाहा छैन भन्न मिल्दैन, कानुनभन्दा माथि कोही पनि छैन’, उनले भने, ‘दक्षिण एसियामा राजनीतिक प्रतिशोधका कुरा पनि हुने गरेका छन् । छिमेकी मुलुकमा एउटा नेता सत्तासिन हुँदा अर्को नेताले दु:ख पाउने गरेका छन् । रविजीको केशमा राजनीतिक प्रतिशोध हो कि होइन मैले भन्न मिल्दैन ।’

उनले रविबाट सरकारले लगाए जस्तो गम्भीर आरोपको घटना गराए जस्तो नलागेको दोहोर्‍याए । ‘रविले त्यो तहको जघन्य अपराध गरे जस्तो लाग्दैन । व्यक्तिगत सम्बन्ध हुँदा म चिन्थेँ’, उनले भने, ‘देशको नेतृत्व सम्हाल्छु भन्ने मान्छे त्यो हदसम्म चुक्लान् जस्तो लाग्दैन ।’

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ४९ बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित