मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम « Khabarhub

मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ ।

कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसै गरी कार्तिक ३० गते निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी छ ।

मधेसमा रिक्त ७ पदमा निर्वाचन

मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत मधेस प्रदेशका रिक्त ७ पदमा निर्वाचन हुन लागेको छ ।
वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रितमलाल चौधरीले ५३५ मत पाएर विजयी भएका थिए । चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा उनका प्रतिस्पर्धी एमालेका धीरेन्द्र कुमार साहले ४६९ मत र माओवादी केन्द्रका लक्ष्नदेव साहले ४३८ मत पाएका थिए ।

यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षको निधनपछि उपनिर्वाचन हुँदै छ । गएको चुनावमा कांग्रेसका हरीप्रसाद रायले ३३३ मतसहित विजयी भएका थिए भने प्रतिस्पर्धी दल जसपा नेपालका महेन्द्र यादवले २६९ र जनमत पार्टीका उदय नारायण पंडितले १९७ मत पाएका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष विश्वनाथ यादवको निधनपछि उक्त पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद यादवले ३७७ मत पाएका थिए ।

उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा माओवादी केन्द्रका मुकेश कुमार यादव ४३३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ एमालेका वडाध्यक्ष शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका शेख अब्दुल खलिकले ५७८ र नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएका थिए ।

रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मतले विजयी भएका थिए । उनका प्रतिस्पर्धी जसपा नेपालका मोहम्मद नसिम अख्तरले ४६५ र नेकपा एकीकृत समाजवादीका जिकरुलालले ३२० मत पाएका थिए ।

यता गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदै छ । गत निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत पाएर विजयी भएका थिए । निकटम प्रतिस्पर्धी कांग्रेसका बैधनाथ ठाकुरले ५६१ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९ मत पाएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ५६ बजे

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले