मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम « Khabarhub

मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ ।

कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसै गरी कार्तिक ३० गते निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी छ ।

मधेसमा रिक्त ७ पदमा निर्वाचन

मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत मधेस प्रदेशका रिक्त ७ पदमा निर्वाचन हुन लागेको छ ।
वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रितमलाल चौधरीले ५३५ मत पाएर विजयी भएका थिए । चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा उनका प्रतिस्पर्धी एमालेका धीरेन्द्र कुमार साहले ४६९ मत र माओवादी केन्द्रका लक्ष्नदेव साहले ४३८ मत पाएका थिए ।

यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षको निधनपछि उपनिर्वाचन हुँदै छ । गएको चुनावमा कांग्रेसका हरीप्रसाद रायले ३३३ मतसहित विजयी भएका थिए भने प्रतिस्पर्धी दल जसपा नेपालका महेन्द्र यादवले २६९ र जनमत पार्टीका उदय नारायण पंडितले १९७ मत पाएका थिए ।

धनुषाको धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष विश्वनाथ यादवको निधनपछि उक्त पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रमोद यादवले ३७७ मत पाएका थिए ।

उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा माओवादी केन्द्रका मुकेश कुमार यादव ४३३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू कांग्रेसका मोहोम्मद जनिफ खाँले ३७५ र जसपा नेपालका सकिबुल खाँले ३४२ मत पाएका थिए ।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ एमालेका वडाध्यक्ष शेख खलीउल्लाह ६८३ मतसहित विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका शेख अब्दुल खलिकले ५७८ र नेकपा एकीकृत समाजवादीका सदरे आलमले ३२७ मत पाएका थिए ।

रौतहटकै राजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मतले विजयी भएका थिए । उनका प्रतिस्पर्धी जसपा नेपालका मोहम्मद नसिम अख्तरले ४६५ र नेकपा एकीकृत समाजवादीका जिकरुलालले ३२० मत पाएका थिए ।

यता गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुँदै छ । गत निर्वाचनमा यहाँ जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत पाएर विजयी भएका थिए । निकटम प्रतिस्पर्धी कांग्रेसका बैधनाथ ठाकुरले ५६१ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ५१९ मत पाएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : ५६ बजे

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ