लाइन काटिँदा उपभोक्ता खानेपानीबाट बञ्चित | Khabarhub Khabarhub

लाइन काटिँदा उपभोक्ता खानेपानीबाट बञ्चित


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गुजरा नगरपालिका वडा नम्बर ९ मा खानेपानीबाट धारामा पानी नआउँदा करिब आधा दर्जन भन्दा बढी गाउँका उपभोक्ता मारमा परेका छन्।

अमतवा भवानीपुरमा रहेको पानी ट्यांकीको धाराको पानी अवरुद्ध भएको छ। खानेपानीको विद्युत लाइन काटिएपछि पानी आउन छाडेको हो। खानेपानीको बक्यौता महसुल बुझाउन नसक्दा लाइन काटिएको बताइएको छ। नेपाल विद्युत् प्राधिकरणको करिब ६ लाखभन्दा बढी बक्यौता रहेको बुझिएको छ।

बक्यौता महसुल तिर्न उपभोक्ता समितिले कुनै चासो नलिएको उपभोक्ताको आरोप छ। विगत ४ दिन देखि धारामा पानी आउन छाडेपछि पानीको हाहाकार भएको  । उक्त पानीट्यांकीबाट अमतवा,भवानीपुर,भंगहा,जयराजपुर, दयालपुर,पर्ति टोल अमतवा गाउँमा घरघरमा धारा जडान गरिएको छ। तर पानी ट्यांकीबाट जडान गरिएको धारामा पानी आउन छाडेको छ।

खानेपानीको धारामा पानी नआउँदा उपभोक्तालाई खानेपानीको निकै समस्या भएको छ। धारामा पानी आउनै छाडेपछि खानेपानीका सयौँ उपभोक्ता सास्ती खेप्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावमा अमतवा भवानीपुर खानेपानीका उपभोक्ता कलको दुषित पानी पिउन बाध्य भएका छन्।

समितिको हिसाब अपारदर्शिता, एउटै कर्मचारी खानेपानी र नपाको स्वास्थ्य शाखामा काम गर्नु, खानेपानी मिटर रिडिङ्ग, विल तथा रकम समयमा असुल हुन नसक्नु,खानेपानी दिदा पनि पानीको प्रेसर नहुनु,खानेपानीबाट पनि सिँचाई गरेको, कर्मचारीहरू तथा खानेपानी समितिको लापरवाही जस्ता जन समुदायको गुनासो रहेको छ।

धाराको पानीको लागि आफूहरू प्रत्येक महिना शुल्क बुझाउन तयार भए पनि कर्मचारीहरू प्रत्येक महिना बिल काट्न आउनै छाडेको उपभोक्ताको गुनासो छ। खानेपानीका कर्मचारीहरूको चरम लापरवाही रहेको उनीहरूको भनाइ छ। धारामा पानी नआउँदा कलको दुषित पानी खाँदा विभिन्न किसिमको रोग लाग्न सक्ने भन्दै उपभोक्ताहरूले तत्काल धारामा पानी दिन समितिसँग माग गरेका छन्।

यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनुठा धामी सँग बुझ्दा यस अघि प्राधिकरणलाई महसुल स्वरुप २ लाख बुझाएको जानकारी गराए। अझै अन्दाजी करिब ६ लाख बिद्युत् महसुल बुझाउन बाँकी रहेकोले प्राधिकरणले लाइन काटी दिएको बताए। छिट्टै लाइन जोड्न लगाइ उपभोक्ताको धारामा पानी पुर्याउन प्रयास गरिरहेको बताए। यो विषयलाई नगरपालिकामा पनि अवगत गराएको बताए। छिट्टै नै समस्या समाधान हुने आश्वासन दिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : ३१ बजे

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको