डेढ करोड रुपैयाँसहित ८ जना पक्राउ « Khabarhub

डेढ करोड रुपैयाँसहित ८ जना पक्राउ


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ।

 आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए। स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गेली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो।

प्रहरीले होटलका सञ्चालक कृष्ण बिक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए। उनीहरूको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको एसपी बोहराले बताए।

त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन्। उनीहरूको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहोराले बताए।

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, पुष्टि भएको छैन।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : ५५ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य