रास्वपाले सरकारको कामको समिक्षा गर्ने « Khabarhub

रास्वपाले सरकारको कामको समिक्षा गर्ने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए ।

यस्तै ⁠बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्यमा दिपक अधिकारी, शान्ता थापा मनोनयन गरेको छ । भने इश्रामुल्ला मिया र कुमारबहादुर थापा क्षेत्री रहेको केन्द्रीय जनसम्पर्क विभागको पनि गठन गरिएको छ ।

साथै उपनिर्वाचनमा कुनैपनि दलसंग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए ।

उनले सरकारको कार्यसम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका बिविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईले उपनिर्वाचनमा घण्टीको बलमा चूनाव लड्ने र पार्टीले जित हासिल गर्ने दाबी गरे । रास्वपाले इलाम २ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ । एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ५६ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को