रास्वपाले सरकारको कामको समिक्षा गर्ने | Khabarhub Khabarhub

रास्वपाले सरकारको कामको समिक्षा गर्ने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए ।

यस्तै ⁠बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्यमा दिपक अधिकारी, शान्ता थापा मनोनयन गरेको छ । भने इश्रामुल्ला मिया र कुमारबहादुर थापा क्षेत्री रहेको केन्द्रीय जनसम्पर्क विभागको पनि गठन गरिएको छ ।

साथै उपनिर्वाचनमा कुनैपनि दलसंग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए ।

उनले सरकारको कार्यसम्पादनको आवधिक समिक्षा गर्ने र पार्टीका बिविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईले उपनिर्वाचनमा घण्टीको बलमा चूनाव लड्ने र पार्टीले जित हासिल गर्ने दाबी गरे । रास्वपाले इलाम २ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ । एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ५६ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ