कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा « Khabarhub

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।

ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ ।

कोपा अमेरिकामा ब्राजिल समुह ‘डी’ मा रहेको छ । जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ मा कोस्टारिकाविरुद्ध खेल्दै छ ।

ब्राजिलको टिम–

गोलकिपर : बेन्टो, एडरसन, एलिसन ।

डिफेन्डर : डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस ।

मिडफिल्डर : आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा ।

फरवार्ड : एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ७ : ४७ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका