जलवायु परिवर्तन र आर्थिक अस्थिरता मुख्य चुनौती : उपराष्ट्रपति यादव « Khabarhub

जलवायु परिवर्तन र आर्थिक अस्थिरता मुख्य चुनौती : उपराष्ट्रपति यादव


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । 

मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा यही जेठ ३२ गतेसम्म सञ्चालन हुने ३०औँ दिगो विकास अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज ललितपुरमा आयोजित उद्घाटन समारोहमा उनले पछिल्लो समय विश्वले सामना गर्दै आएका जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरतालगायत चुनौती विशाल र जटिल बन्दै गएकामा चिन्ता व्यक्त गरे ।

‘जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता हाम्रो मुख्य चुनौती हो, यद्यपि, यी चुनौतीभित्र समाज र अर्थतन्त्रलाई समान र दिगोरूपमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर पनि रहेका छन्’, उनले भने, ‘नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण, दिगो कृषि र पर्या–पर्यटनमार्फत ग्रामीण समुदायलाई सशक्तीकरण गर्ने नेपालको प्रयास वातावरणसँग सुमधुर सम्बन्ध कायम गर्ने केही महत्वपूर्ण उदाहरण हुन् ।’

विश्व नै जलवायु परिवर्तनको चपेटामा परेकाले यसको असर न्यूनीकरणमा एउटा देशको प्रयासले मात्र नपुग्ने उनको भनाइ थियो । उनले कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतीलाई एक्लै सम्बोधन गर्न नसक्न भन्दै यी सबै चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेकोमा जोड दिए। 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ४ : ०८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा