आर्थिक, सामाजिक परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह  « Khabarhub

आर्थिक, सामाजिक परिवर्तनमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह 


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक परिवर्तनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्  ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थामा सुधार ल्याउन अझ राम्रो गर्नुपर्ने भन्दै त्यसका लागि सबैलाई लाग्न आग्रह गरे । आरोप प्रत्यारोपले मात्रै देशको अवस्था नसुध्रने पनि उनको भनाई थियो ।

उनले देशमा अहिले युवाहरूलाई बेरोजगारीको समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सबैले मिलेर काम गर्नुपर्ने बताए ।

अहिलेको सरकार देशलाई आर्थिक समृद्धिमा लैजाने सहमतिको जगमा बनेको भन्दै युवाहरूले भोगिरहेको समस्या समाधानमा सरकार गम्भीर रहेको सिंहले बताए ।

‘अधिकार प्राप्त गर्न पनि आवाज उठाऊँ । तर, आफ्नो जिम्मेवारी र कर्तव्यलाई पनि ध्यान दिऔँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको अवस्थाबाट पार गर्नका लागि संवेदनशील भएर तथ्यलाई केलाएर मात्र हामी राम्रो अवस्थामा जान सक्छौं । आर्थिक,सामाजिक परिवर्तन र पद्धतिमा देशलाई अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण रहन्छ ।’

अहिले केही भएन भन्ने भाष्य बनाएर दुष्प्रचार गरिएकोतर्फ युवाहरूलाई सचेत रहन आग्रह गर्दै उनले ०४६ र ०६२/६३ को परिवर्तनपछि आफ्नो गाउँको अवस्था, बाटोघाटो, स्वास्थ्य र शिक्षाको अवस्थाबारे आफ्नै अभिभावकहरूसँग बुझ्न आग्रह गरे । अहिले भन्दा अझ राम्रो गर्नका लागि नै अहिले सांसदका दुई ठुला दल मिलेर सरकार बनेको पनि उनले बताए ।

उपप्रधानमन्त्री सिंहले अहिले सामाजिक सञ्जालमा आउने खबर सबै सत्य नहुने भन्दै त्यसको तथ्य केलाएर मात्रै धारणा बनाउन पनि युवाहरूलाई आग्रह गरे ।

‘आर्टिसिसियल इन्टेसलिजेन्सको जमाना आइसकेको बेलामा डिजिटलाइजेसनमा जानुहुन्न, खराबै छ भन्ने होइन । तर, राम्रो पक्ष र सोच्नुपर्ने कुराहरूमा समयमै ध्यान दिनु राम्रो हुन्छ ,’ उनले भने ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : १८ बजे

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा