आर्थिक

 २५ अर्ब पुगेसँगै शेयर कारोबारमा नयाँ रेकर्ड

By खबरहब

August 11, 2024

काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज २५ अर्ब ७७ करोड ९४ लाख ७३ हजारको कारोबार भएको छ । यो सँगै नेपाली इतिहासमा शेयर कारोबारले नयाँ रेकर्ड कायम गरेको हो ।

गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । सो कारोबार रकमलाई तोडेर आज २५ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ ।

यस्तै, आज शेयर बजार नेप्से सूचक ९४ दशमलव ५३ अंकले बढेर २,८६० को विन्दुमा कायम भएको छ । आज २२५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।

आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको १ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो । शिवम् सिमेन्टको १ अर्ब १६ करोडको शेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।