तारागाउँको जग्गा अनियमितताबारे छानबिन गर्न सांसदको माग « Khabarhub

तारागाउँको जग्गा अनियमितताबारे छानबिन गर्न सांसदको माग


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तारागाँउ विकास समितिको जग्गा प्रकरणमा छानबिन गर्न सांसदहरूले माग गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले नेपालको पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले स्थापित तारागाउँ विकास समितिको जग्गा प्रकरणमा निकै अघिदेखि नै अनियमितता भएको हुन सक्ने भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारी स्वामित्वको तारागाउँ विकास समितिले लगानी गरे पनि प्रतिफल आउन नसकेको उनीहरूको भनाइ छ ।

बैठकमा समिति सदस्य पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले होटेल हायातले तारागाउँ विकास समितिको जग्गालाई एकलौटी बनाउन खोजेको र राज्यको शेयर २२ प्रतिशतबाट ९ प्रतिशतमा झारिएको बताए ।

उनले राज्यले लाभांश नपाउने अवस्थाको अध्ययन हुनुपर्ने बताए । यसमा सरकारको स्पष्ट दृष्टिकोण समेत आउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य नेमकिपा सांसद प्रेम सुवालले तारागाउँ विकास समितिले गरेको लगानीका बारेमा यसअघिका समेत सबै मन्त्री, प्रधानमन्त्रीहरूलाई जानकारी रहेको भन्दै सबैलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताए। उनले सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिने काम गम्भीर रहेको उल्लेख गरे ।

समिति सभापति राज किशोर यादवले तारा गाउँ र होटलबीच भएको लिग सम्झौताका विषयमा पर्यटन मन्त्रालयले कार्य योजना बनाउने र त्यस आधारमा अर्को बैठकमा छलफल गर्ने बताए ।

तारागाउँ रिजेन्सी होटल लिमिटेडमा सरकारले गरेको लगानी प्रतिफलमा बदल्न सक्ने गरी समाधानका योजना सहित आउन पनि समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ३८ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक