स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री पौडेलको यस्तो छ कार्ययोजना (पूर्णपाठ) « Khabarhub

स्वास्थ्य क्षेत्र सुधार्न मन्त्री पौडेलको यस्तो छ कार्ययोजना (पूर्णपाठ)


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार्न भन्दै ‘प्राथमिकता तथा कार्ययोजना’ सार्वजनिक गरेका छन्‌ । यही साउनदेखि कार्यान्वयन शुरू भएको सोह्रौँ आवधिक योजना र दिगो विकास लक्ष्य (एसडीजी) का लक्ष्य हासिल गर्नेगरी आफूले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको दीर्घकालीन योजना ल्याएको पौडेलले दाबी गरे ।

आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पौडेलले नयाँ कार्ययोजना घोषणा गरेका हुन्‌ । मन्त्री पौडेलले ल्याएका कार्ययोजनामा अधिकांश पुरानै अधुरा योजना, कार्यक्रम र घोषणा समेटिएका छन्‌ ।

स्नायु रोग उपचार केन्द्र स्थापनाजस्ता केही योजना र स्वास्थ्य बीमा कार्यक्रममा रकम दायरा एक लाखबाट पाँच लाख रुपैयाँ पुर्‍याउने सुविधा विस्तारका कार्यक्रम उनले कार्ययोजनामा लेखेका छन्‌ ।

सातै प्रदेशमा मानवअङ्ग प्रत्यारोपण केन्द्र स्थापना, औषधीको मूल्य समायोजन र औषधि व्यवस्था विभागमा क्षमता सुदृढीकरण, प्रदेश तथा सङ्घ अन्तर्गतका अस्पतालमा जलन उपचार निःशुल्क व्यवस्था, वर्षको एकपटक खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना पौडेलले सार्वजनिक गरेको कार्ययोजनामा समेटिएको छ ।

प्राथमिकता तथा कार्ययोजनाको पूर्णपाठः

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ६ : ३३ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले