अदुअआ ऐन २०४८ संशोधन विधेयकमाथि छलफल « Khabarhub

अदुअआ ऐन २०४८ संशोधन विधेयकमाथि छलफल


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ । 

समितिको आजको बैठकमा सांसदले भ्रष्टाचारसम्बन्धी विषयको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी प्राप्त अख्तियारको भूमिकालाई बलियो बनाउने प्रावधान ऐनमा समेटिनुपर्नेमा जोड दिए।

संशोधनकर्ता सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थालाई राजनीतिक भागबण्डाबाट बाहिर राख्न नसक्दा त्यस्ता संस्था निरीह हुने र यसबाट मूल्यमान्यता र पद्धति कागजमा सीमित हुने बताए।

‘भ्रष्टाचार मुक्त समाज नभएसम्म सुशासन कायम हुन सक्दैन, ‘सिंहदरबार र भ्रष्टाचार’ पर्याय बनेको छ, यसलाई चिर्न अख्तियार दुरुपयोग आयोग ऐनलाई बलियो बनानुपर्छ’, उनले भने।

नीतिगत निर्णयका नाममा हुने भ्रष्टाचार रोक्न नसकिए अवस्था झन् जटिल हुनसक्ने औँल्याउँदै सांसद केसीले नीतिगत निर्णयसम्बन्धी व्यवस्था थप प्रष्ट हुनुपर्छ भने।

‘नीतिगत निर्णय नै भ्रष्टाचारको मूल कारक हो, यससम्बन्धी प्रावधान हटाइनुपर्छ’, उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय, संसदीय समितिका निर्णय अख्तियारले हेर्न नपाउने निर्णय हटाइनुपर्छ ।’

सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार न्यूनीकरण गर्न राज्य सञ्चालक नै जिम्मेवार हुनुपर्ने बताए । एक पटकको भ्रष्टाचारी सधैँको भ्रष्टाचारी भएको उल्लेख गर्दै उनले भ्रष्टाचारीलाई कारबाहीको हद राख्न नहुनेमा जोड दिए।  

सांसद नारायणी शर्माले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्ने गरी अख्तियारसम्बन्धी ऐन बढाइनुपर्ने बताए। सांसद श्यामकुमार घिमिरेले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनै नहुनेमा जोड दिए।

सांसद रोशन कार्कीले संवैधानिक निकायमाथिका राजनीतिकरण बन्द हुनुपर्नेमा जोड दिँदै अराजनीतिक कारणबाट ती संस्थाले प्रभावकारी काम हुन नसकेको टिप्पणी गरे। सांसद राजेन्द्र केसीले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन नहुने र निजी क्षेत्रका नियामक निकायको भूमिकालाई नै प्रभावकारी बनाइनुपर्ने बताए।

समिति सभापति रामहरि खतिवडाले उक्त संशोधन विधेयकमा ३२ सांसदले ६३ वटा संशोधन दर्ता गराएको जानकारी दिए। समितिले अर्को बैठकमा संशोधनकर्ता सांसदसँग थप छलफल गर्ने भएको छ ।  

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ६ : १६ बजे

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट