डेडिकेटेड फिडर र ट्रंकलाइनमा पनि लोडसेडिङ हिसाब गरेर महसुल लिन सुझाव « Khabarhub

डेडिकेटेड फिडर र ट्रंकलाइनमा पनि लोडसेडिङ हिसाब गरेर महसुल लिन सुझाव


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लाल आयोगले नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूमार्फत डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुली वापतको प्रिमियम शुल्क लोडसेडिङ भएको अवधिको हिसाब गरेर लिनुपर्ने सुझाव दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार सार्वजनिक गरेको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनमा प्राधिकरणले उद्योगहरूलाई लाइन दिएको समयमा पनि लोडसेडिङ गरेको देखिएको भन्दै उक्त अवधिको हिसाब गरेर महसुल लिनुपर्ने उल्लेख गरिएको हो ।

लाल आयोगले प्राधिकरणले उद्योगहरूमा प्रवाह गरेको डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुलीको महसुल विवादलाई तीन भागमा बाँडेर विश्लेषण गरेको छ । जसमध्ये प्राधिकरणले ०७५ जेठ देखि ०७७ असारसम्मको प्रिमियम शुल्कको उद्योगीहरूले दिनुपर्ने माग गरेको छ ।

प्राधिकरणले बक्यौता माग गरेकै समयमा पनि लोडसेडिङ भएको भन्दै प्रिमियम शुल्क लिँदा लोडसेडिङ अवधिको हिसाब गरेर लिनुपर्ने आयोगले प्रतिवेदनमार्फत् सुझाव दिएको हो ।

‘निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठान उद्योग, अस्पताल तथा नर्सिङ होम आदिलाई डेडिकेटेड फिडर मार्फत् विद्युत आपूर्ति दिने कार्य स्थगित गरिएको भनी मिति २०७२/११/१० मा गोरखापत्रमा प्रकाशित सूचनामा, अर्को निर्णय नभएसम्मका लागि, निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठान/उद्योग/अस्पताल तथा नर्सिङहोमभ आदिलाई डेडिकेटेड फिडर मार्फत् विद्युत आपूर्ति दिने कार्य स्थगित गरिएको र डेडिकेटेड फिडर मार्फत् विद्युत आपूर्ति लिइरहेको निजी औद्योगिक/प्रतिष्ठान/अस्पताल लगायतका ग्राहकलाई मिति २०७२/११/११ देखि लागू हुनेगरी लोडसेडिङ तालिका भित्र रहने गरी विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइने’ सूचनापछि अर्को सूचना प्रकाशित नभएको आयोगमा प्रतिवेदनमा उल्लेख छ ।

डेडिकेटेड फिडर र ट्रंकलाइनमा नियमित रूपले २० घण्टा विद्युत प्रवाह हुनुपर्ने व्यवस्था रहेको लोडसेडिङ भएको अवधिलाई पुनः हिसाब गरेर छुट महसुल लिनुपर्ने आयोगले सुझाव दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : १८ बजे

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी

सुकुम्वासीमाथि सरकारी व्यवहारप्रति दयाहाङको असन्तुष्टि : गरिबी पो लुकाउन सकिँदोरहेनछ

काठमाडौं- मिसाइल र बम हानिएको शैलीमा सरकारले सुकुम्वासी बस्तीहरू ध्वस्त

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन– स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको 

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख