हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय छ : ओली « Khabarhub

हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय छ : ओली


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले आफ्नो अस्थित्वसहित अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिए ।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैँ विज्ञ हुनुपर्ने बताए । उनले महिलाले सङ्गठित वा असङ्गठितरूपमा देशका हरेक परिवर्तनमा योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय रहेको बताए ।

विसं १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाले निर्वाह गरेको भूमिका असाधारण रहेको अध्यक्ष ओलीले बताए । उनले एमालेलाई जीवन्त तुल्याउन महिलाले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठभित्र पार्टीका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गर्ने समयसीमा भएकाले महिला सङ्घले पनि केही जिल्लामा महिला अध्यक्ष बनाउनका लागि दबाब दिनुपर्ने बताए । सङ्घका अध्यक्ष टुकाभद्र हमालले आगामी तीन महिना सङ्गठन शुद्धीकरण अभियान सञ्चालन गरिने बताए । बैठक भोलि सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ९ : ४१ बजे

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र

देवानगञ्ज–कप्तानगञ्ज घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक