सिरिज जितिसकेको नेपाल क्यानडाविरुद्ध आज तेस्रो खेल खेल्दै « Khabarhub

सिरिज जितिसकेको नेपाल क्यानडाविरुद्ध आज तेस्रो खेल खेल्दै


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्धको तेस्रो एक दिवसीय सिरिज खेल्दैछ। बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्न लागेको हो । सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको हो । तीन खेलको सिरिजमा दुई खेल जितिसकेको नेपाल एक खेल अगाडि नै च्याम्पियन बनेको हो ।

उत्कृष्ट बलिङले रोमाञ्चक पहिलो खेल
बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकाल्यो। दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा नेपालको कसिलो बलिङसामु टिक्न सकेन। कप्तान रोहित पौडेलले लगातार विकेट लिएपछि नेपालले क्यानडालाई ४७.५ ओभरमा दुई सय १७ रनमा समेटेको थियो।

क्यानडालाई हराउन कसिलो बलिङ गर्दै नेपालका लागि कप्तान पौडेलले चार विकेट लिए। नेपालले गुमाइसकेको खेललाई कप्तान पौडेलले जितको दिशामा फर्काएका थिए। ललित राजवंशीले दुई विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, कुशल मल्ल र पवन सर्राफले एक एक विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेले ६२ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए।

यस्तै आरिफ सेख ३८, सोमपाल कामी २७, कुशल मल्ल २०, भीम सार्की १७, पवन सर्राफ १५ र सूर्य तामाङ १० रन मा समेटिएका थिए। क्यानडाविरुद्धको सिरिजको पहिलो खेलमा नेपालका सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका थिए ।

ब्याटिङमा उत्कृष्ट दोस्रो खेल

क्यानाडाविरुद्धको सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले विजयी भयो । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा पूरा गरेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेल देव खनालले उत्कृष्ट ब्याटिङ गरे । कप्तान पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू-१९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, अनिल साहले ५० रनको कीर्तिमानी अर्धशतकीय पारी खेले । उनले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । भीम सार्कीले २३ रन बनाए । क्यानाडाका ईश्वरजोत सोही र हर्ष ठाकेरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्यानाडाले २ सय ८५ रन बनाएको थियो ।

क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक-एक विकेट लिए । दोस्रो खेलमा आकाश चन्दले राष्ट्रिय टिममा डेब्यु गरे । नेपाललाई यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुर्याउन महत्त्वपूर्ण बलिङ गरेका आकश राष्ट्रिय टिममा अटाएका हुन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ५५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको