टुँडिखेलमा दुर्गा प्रसाईले कार्यक्रम गर्न नपाउने, भृकुटीमण्डपमा अनुमति « Khabarhub

टुँडिखेलमा दुर्गा प्रसाईले कार्यक्रम गर्न नपाउने, भृकुटीमण्डपमा अनुमति

खुलामञ्चमा माटो, टुँडिखेलमा सेनाको अनुमति चाहिने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन १ गते टुँडिखेलमा विरोधसभाको आयोजना गर्न लागेका दुर्गा प्रसाई र उनका समर्थकहरुले टुँडिखेल प्रयोग गर्न नपाउने भएका छन् ।

नेपाली सेनासँग अनुमति लिनुपर्ने प्रावधान रहेको टुँडिखेलमा कार्यक्रम गर्न प्रसाईले नेपाली सेनासँग समन्वय नगरेका कारण त्यहाँ कार्यक्रम गर्न नपाउने भएका हुन् ।

स्रोतले खबरहबसँग भन्यो, ‘टुँडिखेलमा कार्यक्रम गर्नका लागि नेपाली सेनासँग अनुमति लिने प्रचलन छ, तर प्रसाईले सेनासँग कार्यक्रमका लागि कुनै माग गरेको पाइएन ।’

प्रसाईले माग गरेकै भए पनि ल्होसार लगायतका सांस्कृतिक कार्यक्रम भइरहेका कारण टुँडिखेल खाली नभएको स्रोतले बतायो । गृह मन्त्रालय स्रोतले खबरहबसँग भन्यो, ‘त्यहाँ चिनियाँहरुको पनि कार्यक्रम छ ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले यसअघि प्रसाईलाई टुँडिखेलमा कार्यक्रम गर्न दिन सकिने संकेत गरेका थिए । तर, सेनासँग प्रसाईले समन्वयन नगरेका कारण दिन नसकिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

टुँडिखेलमा सांस्कृतिक समारोह हुने गरेता पनि राजनीतिक विरोधका कार्यक्रम भने गर्न नमिल्ने अडानमा नेपाली सेना रहेको छ । त्यसैले प्रसाईले माग नै गरेको भए पनि राजनीतिक कार्यक्रमका लागि सेनाले टुँडीखेल दिने सम्भावना नरहेको स्रोतको दाबी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले यसअघि प्रसाईलाई टुँडीखेलमा कार्यक्रम गर्न दिन सकिने संकेत गरेका थिए । तर, सेनासँग प्रसाईले समन्वयन नगरेका कारण दिन नसकिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

नेपाली सेनाको ब्यारेक नजिकै भएकाले राजनीतिक विरोधका कार्यक्रम गर्दा सुरक्षा चुनौती बढ्न सक्ने जंगी अड्डाको तर्क छ ।

राष्ट्रिय झण्डा बोकेर गर्न लागिएको प्रसाईको प्रर्दशनमा राप्रपाका कार्यकर्तासमेत सहभागी हुने अनुमान गरिएको छ ।
यसअघि गत मंसिर ७ गते रिङरोडमा भएको प्रदर्शनमा करिब ७ हजारको सहभागिता रहेको थियो ।

भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति

यसैवीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रशासन स्रोतले भन्यो,‘उहाँहरुलाई भृकुटीमण्डपको खाली ठाउँमा कार्यक्रम गर्न अनुमति दिइएको छ, त्यहाँ धेरै मानिस अटाउने ठाउँ छ ।’

खुल्लामञ्चमा पनि कार्यक्रम गर्न दिने कि भन्नेबारे छलफल चलेको तर भर्खरै माटो भरिएका कारण खुल्लामञ्चमा पनि कार्यक्रम गर्न नमिल्ने गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

मेडिकल व्यवसायी प्रसाईले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

प्रसाईले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए ।

यो पनि- 

दुर्गा प्रसाईँको कुण्डली : भोलि उठी कहाँ जाने…

गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास !

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?

 

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ३२ बजे

बालेन पनि अध्यादेशकै बाटोमा जाँदा विपक्षी दलको मोर्चाबन्दी, एकसाथ भने- असंसदीय कदम सच्याइयोस्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सरकारलाई घेर्न विपक्षी दलको बैठक, सहभागी भएन हर्कको श्रमसंस्कृति

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार पनि संसद् छलेर अध्यादेशतिर

नेपाललाई ओमानले दियो ३०६ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानले नेपाललाई ३०६ रनको

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई विष्णु पौडेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको