टुँडिखेलमा दुर्गा प्रसाईले कार्यक्रम गर्न नपाउने, भृकुटीमण्डपमा अनुमति « Khabarhub

टुँडिखेलमा दुर्गा प्रसाईले कार्यक्रम गर्न नपाउने, भृकुटीमण्डपमा अनुमति

खुलामञ्चमा माटो, टुँडिखेलमा सेनाको अनुमति चाहिने


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन १ गते टुँडिखेलमा विरोधसभाको आयोजना गर्न लागेका दुर्गा प्रसाई र उनका समर्थकहरुले टुँडिखेल प्रयोग गर्न नपाउने भएका छन् ।

नेपाली सेनासँग अनुमति लिनुपर्ने प्रावधान रहेको टुँडिखेलमा कार्यक्रम गर्न प्रसाईले नेपाली सेनासँग समन्वय नगरेका कारण त्यहाँ कार्यक्रम गर्न नपाउने भएका हुन् ।

स्रोतले खबरहबसँग भन्यो, ‘टुँडिखेलमा कार्यक्रम गर्नका लागि नेपाली सेनासँग अनुमति लिने प्रचलन छ, तर प्रसाईले सेनासँग कार्यक्रमका लागि कुनै माग गरेको पाइएन ।’

प्रसाईले माग गरेकै भए पनि ल्होसार लगायतका सांस्कृतिक कार्यक्रम भइरहेका कारण टुँडिखेल खाली नभएको स्रोतले बतायो । गृह मन्त्रालय स्रोतले खबरहबसँग भन्यो, ‘त्यहाँ चिनियाँहरुको पनि कार्यक्रम छ ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले यसअघि प्रसाईलाई टुँडिखेलमा कार्यक्रम गर्न दिन सकिने संकेत गरेका थिए । तर, सेनासँग प्रसाईले समन्वयन नगरेका कारण दिन नसकिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

टुँडिखेलमा सांस्कृतिक समारोह हुने गरेता पनि राजनीतिक विरोधका कार्यक्रम भने गर्न नमिल्ने अडानमा नेपाली सेना रहेको छ । त्यसैले प्रसाईले माग नै गरेको भए पनि राजनीतिक कार्यक्रमका लागि सेनाले टुँडीखेल दिने सम्भावना नरहेको स्रोतको दाबी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले यसअघि प्रसाईलाई टुँडीखेलमा कार्यक्रम गर्न दिन सकिने संकेत गरेका थिए । तर, सेनासँग प्रसाईले समन्वयन नगरेका कारण दिन नसकिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

नेपाली सेनाको ब्यारेक नजिकै भएकाले राजनीतिक विरोधका कार्यक्रम गर्दा सुरक्षा चुनौती बढ्न सक्ने जंगी अड्डाको तर्क छ ।

राष्ट्रिय झण्डा बोकेर गर्न लागिएको प्रसाईको प्रर्दशनमा राप्रपाका कार्यकर्तासमेत सहभागी हुने अनुमान गरिएको छ ।
यसअघि गत मंसिर ७ गते रिङरोडमा भएको प्रदर्शनमा करिब ७ हजारको सहभागिता रहेको थियो ।

भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति

यसैवीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रशासन स्रोतले भन्यो,‘उहाँहरुलाई भृकुटीमण्डपको खाली ठाउँमा कार्यक्रम गर्न अनुमति दिइएको छ, त्यहाँ धेरै मानिस अटाउने ठाउँ छ ।’

खुल्लामञ्चमा पनि कार्यक्रम गर्न दिने कि भन्नेबारे छलफल चलेको तर भर्खरै माटो भरिएका कारण खुल्लामञ्चमा पनि कार्यक्रम गर्न नमिल्ने गृहमन्त्रालय स्रोतले खबरहबलाई बतायो ।

मेडिकल व्यवसायी प्रसाईले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

प्रसाईले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए ।

यो पनि- 

दुर्गा प्रसाईँको कुण्डली : भोलि उठी कहाँ जाने…

गाडीभित्रै दुई घण्टा दुर्गा प्रसाईंको बास !

महेश बस्नेत र दुर्गा प्रसाईंको शक्ति : तीनकुनेमा २ हजार, बल्खुमा कति ?

 

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ३२ बजे

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र

कान्ती राजमार्गको एकान्तकुना खण्ड ६० दिनका लागि बन्द गरिने

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ती राजमार्ग सडक योजनाअन्तर्गत

महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमार्फत युवा

बुढीगण्डकी आयोजना अघि बढाउन सरकारलाई गोरखा र धादिङका नेताको ध्यानाकर्षण

काठमाडौँ- गोरखा र धादिङका नेताहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ