कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच सम्झौता « Khabarhub

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच सम्झौता


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ ।​ बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिए बापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा छुट प्राप्त गर्नेछन् ।

जसअनुसार केन्द्रको ओपीडीमा काठमाडौंस्थित मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै पहिलो भिजिटमा नि:शुल्क आँखा परीक्षण सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्स्टेन्सन काउन्टर तथा ६५ शाखारहित ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : २५ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने