धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता « Khabarhub

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर), होक्काइडोकाबीच दुई नगरको विभिन्न कार्यमा सीप र प्रविधि आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।

आज धुलिखेलमा भएको सम्झौतापत्रमा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जू र सरोमा नगरप्रमुख हारुटोमो टोकेडाले हस्ताक्षर गरेका छन् । सरोमा सिटी प्रमुख टोकेडाको टोली आजै धुलिखेल नगर आइपुगेको थियो ।

सम्झौता कार्यक्रममा सङ्क्षिप्त विचार राख्दै टोकेडाले जापानमा १५ वर्षभन्दा कम उमेर समूहका १० प्रतिशत र ६५ वर्षमाथि उमेर समूहका नागरिकको सङ्ख्या ४० प्रतिशत रहेकाले मुलुकका लागि आवश्यक पर्ने युवा जनशक्ति कम हुँदै गएको बताए ।

“तर नेपालमा युवा धेरै–रोजगार क्षेत्र थोरै भएकाले दुई देशका दुई नगरको उल्टो तथ्याङ्कलाई सही रुपमा उपयोग गर्नेगरी आवश्यक युवा जनशक्तिलाई रोजगारका क्षेत्रमा कार्य गर्न सरोमा सिटी तयार छ”, उनले भने । उनले दुई देशका दुई नगर एकआपसमा मिलेर कार्य गर्न तयार रहेको बताएका छन् ।

सो अवसरमा धुलिखेल नगरप्रमुख ब्याञ्जूले जापानको प्रविधि र सीपलाई धुलिखेलमा प्रयोग गर्ने गरी भएको सम्झौताले दुवै नगरका नागरिकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले धुलिखेलबाट हाल केही युवालाई कृषि क्षेत्रमा रोजगार एवं ज्ञान आदानप्रदान गर्न जापानस्थित राइनोकिनो कम्पनीमा पठाइएको बताए ।

“उहाँहरुले जापानमा रहँदा उनीहरुले सिक्ने सीप र प्रविधि धुलिखेल आएर व्यवहारत लागू गर्दै अन्य नागरिकलाई पनि आर्थिक रुपले सम्पन्न बनाउने अभियानमा योगदान पु¥याउनुहुनेछ”, उनले भने ।

टोकेडाको टोलीमा नगरका कृषि तथा सहकारी विभागीय प्रमुख कुसिवे फुमिहारु, टप फार्मका अध्यक्ष इनोई नोबोरु त्था उपाध्यक्ष इनोई काजुकी, राइनोकिनो कम्पनी जापानका अध्यक्ष आकानुमा मसाकोलगायतको सहभागिता रहेको थियो ।

टोलीले धुलिखेल नगरमा सञ्चालित सीपमूलक जापानिज भाषाको कक्षा अवलोकन गरेको थियो । यस्तै, धुलिखेल अवलोकन भ्रमणका क्रममा दुई नगरका प्रमुखद्वारा संयुक्त रुपमा वृक्षरोपण गरिएको छ ।
(((

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ४९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल