सरकारको सफलता नै ढल्ने कारण बन्यो, राम्रो अंकसहित उत्तीर्ण भएँ : प्रचण्ड « Khabarhub

सरकारको सफलता नै ढल्ने कारण बन्यो, राम्रो अंकसहित उत्तीर्ण भएँ : प्रचण्ड


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकारको सफलता नै ढल्ने कारण बनेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले यस्तो भनेका हुन् ।

प्रचण्डले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गरे ।

उनले विभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएकोसमेत बताए ।

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै उनले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए।

प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।

उनले जनताले शक्ति देखाउने बेला आएको भन्दै जनताले शक्ति नदेखाए देश अप्ठेरो अवस्थामा जाने उल्लेख गरे ।

प्रचण्डले बालुवाटारबाट सिंहदरबारको शासन चलाउने गलत परम्परा तोडेको भन्दै आफ्नो नेतृत्वको सरकार राम्रो अंकका साथ उर्तीण भएको दाबी गरे ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ०७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार