प्रचण्डबारे रमेश लेखकको कटाक्ष- प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ  « Khabarhub

प्रचण्डबारे रमेश लेखकको कटाक्ष- प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिका रूपमा व्याख्या गर्दै लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर बनाएको टिप्पणी गरेका हुन् ।

‘एउटा अलिकता गल्ती भएछ कि ठिक मानिसलाई ठिक ठाउँमा नराखेको गल्ती हो कि यस्तो जबरजस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजो अस्ति प्रतिपक्षलाई कमजोर गर्‍यौँ ?,’ लेखकले भने, ‘अब प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने मैले विश्वास गरेको छु । लोकतन्त्र कमजोर हुँदैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

दुई ठूला दलहरू मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुने प्रधानमन्त्रीको आशंका मेटाउँदै प्रमुख सचेतक लेखकले प्रचण्डलाई प्रधानमन्त्री भएकै समयमा प्रतिपक्षी दलको नेताका रूपमा देखिसकेकाले प्रतिपक्ष कमजोर हुनेजस्तो आफूलाई नलागेको बताए ।

‘खाली मैले एउटा कुरामा थोरै राजनीतिक टिप्पणी गर्न अनुमति चाहन्छु । दुई वटा ठूला राजनीतिक दलहरू मिल्यो भने संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर होला प्रतिपक्ष थोरै कमजोर हुन्छ कि भन्ने चिन्ता गर्नुभयो,’ उनले भने, ‘मेरो आदरणीय नेता सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन मैले पत्रपत्रिका मार्फत विज्ञहरू विशेषज्ञहरू राजनीतिक शास्त्रका ज्ञाताहरूको पनि यो कुरा म सुनिराखेको छु । तर आज सम्माननीय प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रूपमा यो रोस्टममा उभिँदा मैले प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा देखिसक्या हुनाले अब प्रतिपक्ष कमजोर हुन्छ जस्तो लाग्दैन मलाई ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ५६ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक