दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ मध्ये एक बालिकाको मृत्यु  « Khabarhub

दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ मध्ये एक बालिकाको मृत्यु 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न चार बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उनले बताए ।

सिन्धुपाल्चोक मनमहन स्मृती अस्पताल फर्पिङमा उपचार कै क्रममा पल्जोम तामाङको मृत्यू भएको भन्ने मनमोहन स्मृती अस्पतालले जानकारी दिएकाे छ ।

घटनाबारे जानकारी पाए लगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरेको थियो ।

घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।

अन्य बालबालिको नाम ठेगना 

१. पासाङ डोल्मा तामाङ वर्ष १२ काभ्रेपलान्चोक बयोद्या अस्पताल बल्खु
२:-स्याङबो शर्पा वर्ष ११ नखुलेको । बयोद्या अस्पताल बल्खु
३:-सुनिता तामाङ १० हेटौडा मकवानुर बयोद्या अस्पताल बल्खु
४:-ममता तामाङ ८ सिन्धुपाल्चोक बयोद्या अस्पताल बल्खु
५:-मन कुमारी तामाङ वर्ष ८ सिन्धुपाल्चोक बयोद्या अस्पताल बल्खु

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : ४७ बजे

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान

इंग्लिस प्रिमियर लिग : बोर्नमाउथसँग लिभरपुल पराजित

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

चार करोडको लागतमा विद्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा