भारतीय विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने- महाकालीमा झोलुङ्गे पुल निर्माणलाई सहज बनाऊँ « Khabarhub

भारतीय विदेश सचिवलाई उपप्रधानमन्त्री सिंहले भने- महाकालीमा झोलुङ्गे पुल निर्माणलाई सहज बनाऊँ


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसँग आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिश्री नेतृत्वको टोलीसँग भेटका क्रममा सिंहले महाकाली नदीमा पुल नहुँदा बर्षेनि नेपालीहरूले ज्यान गुमाउनुपरेको कुरा अवगत गराएका हुन् । उनले महाकालीका तुइन विस्थापित गरि झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गरेका हुन् ।

जवाफमा भारतीय सचिवले आफुले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिए ।

भेटका क्रममा नेपालको आर्थिक पूर्वाधारमा गरेको सहयोगको समिक्षा, नेपालको शहरी बिकासको क्षेत्रमा सम्भाव्य सहयोग लगाएतका बारेमा पनि कुराकानी भएको गेलालले बताए ।

त्यस्तै भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने बिषयमा छलफल भएको गेलालले बताए । मन्त्री सिंहले भारतीय सचिवलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ११ : ५४ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,