गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल « Khabarhub

गुपचुपमै ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन छायांकन गर्दै कपिल


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  भारतीय कमेडियन कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’को दोस्रो सिजन ल्याउने भएका छन् ।  भारतीय मिडिया इन्डिया टुडेले स्रोतको दाबी गर्दै मंगलबारदेखि छायांकन हुने जानकारी दिएको छ । 

दोस्रो सिजनको पहिलो एपिसोडमा वेबसिरिज ‘फेबुलस लाइफ अफ बलिउड वाइभस्’को कलाकारहरू ‘गेस्ट’ रहने भएका छन् । 

यो पटक पनि पहिलो सिजनका टिम रहने बताइएको छ । तर कहिलेबाट प्रसारण हुने भन्नेबारे टिमले छिट्टै खुलासा बुझिएको छ । 

टीभीमा लोकप्रिय कपिलले ओटीटीमा आएपछि आलोचना खेप्नुपरेको थियो । केहीले शो फ्लप भएकाले १३ भाग गरेर बन्द गर्नु परेको टिप्पणी गरेका थिए ।

कपिलले यसबारेमा स्पष्टीकरण दिँदै १३ भागका लागि मात्रै सम्झौता भएको र चाँडै नयाँ सिजन ल्याउने जानकारी दिएको थियो । 

७ वर्षको दुस्मनी बिर्संदै कपिल र सुनिल ग्रोवर पहिलो सिजनमा काम गरेका थिए । 

पहिलो सिजनको पहिलो एपिसोड ३० मार्चमा सार्वजनिक भएको थियो भने अन्तिम एपिसोड २२ जुन २०२४ मा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  २ : २६ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको