खोलाले बगाएर दुई वर्षीया बालिकाको मृत्यु « Khabarhub

खोलाले बगाएर दुई वर्षीया बालिकाको मृत्यु


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको कोन्जोसोम गाउँपालिका–३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही गाउँपालिका-१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमिला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रूखको हाँगामा अड्किएको अवस्थामा आज शव फेला परेको जानकारी दिए।

काठमाडौँ महानगरपालिका–६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका–४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले आज जानकारी दिएको छ । 

आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको पनि कार्कीले बताए।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ६ : ५७ बजे

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा