‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी’ भोलिदेखि आयोजना हुने « Khabarhub

‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी’ भोलिदेखि आयोजना हुने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भोलि (२८ देखि ३०) गतेसम्म ‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी २०२४’ आयोजना हुने भएको छ ।

अयाेजकका अनुसार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिने उक्त एक्स्पोमा ५ हजार ब्रान्ड, ३ सय कम्पनी र २ हजार ५ सय वर्ग मिटरभन्दा बढीका २ सय वटा स्टल रहने छन् ।

प्रदर्शनीमा आगन्तुकहरूले उत्पादन तथा सेवाहरूका साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन/चयन गर्न सक्ने विज्ञप्तीमा बताइएको छ । गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको बताइएको छ ।

जीएआई फूड एन्ड वेभरेज एन्ड हस्पिटालिटी २०२४ ले ३० हजार भन्दा बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ भने आगन्तुकहरूमध्ये करिब १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ ।

जीएआई एफबीएचले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी-प्यालेस र क्यान्टिन, किराना – पसलका मालिकहरू, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू र तिनका प्रबन्धकहरू, क्याटरर र सेफहरू, बार टेन्डरहरू तथा बारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ । कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको भए पनि उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

एक्सपोमा विगत वर्षझैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूलाई समावेश गरिएको छ । यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्‍याउन ‘साना व्यवसाय मार्ट’ पनि सुरुवात गरिने भएको छ । यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्ने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : ४९ बजे

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको