प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच चालु वर्षका लागि कार्यसम्पादन सम्झौता | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच चालु वर्षका लागि कार्यसम्पादन सम्झौता


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिबारे उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यसैगरी प्रधानमन्त्री र मुख्यसचिवबीच पनि कार्यसम्पादन सम्झौता भएको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न, प्रारम्भ गरिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौता गरिएको हो ।

अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठन भएको पहिलो सय दिन (२०८१ कात्तिक ६ गते) सम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो सय दिन (२०८१ माघ १७) गतेसम्म गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, आर्थिक वर्ष २०८१–०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र हासिल हुने उपलब्धिका विषय समावेश छन् ।

प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने योजना रहेको छ ।

लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौताको पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।

नेपाल बाहिर रहेका कारण आज अनुपस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँगको कार्यसम्पादन सम्झौतामा पछि हुने भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ४ : ५७ बजे

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान

काठमाडौं–  वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

भद्रपुर– झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आइतबार सवारी दुर्घटनामा एक

जिल्ला अदालत काठमाडौंमा पाँच वर्षमा दोब्बर मुद्दा

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा प्रत्येक वर्ष मुद्दाको चाप बढ्दै गएको छ

वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक

काठमाडौं– प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका