भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन « Khabarhub

भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको हो ।

सीपीएमले जारी गरेको वक्तव्यमा येचुरीको निमोनियका कारण श्वासनलीमा गम्भीर संक्रमण भएर यचुरीलाई उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार ज्वरो आएपछि अगस्ट १९ मा येचुरीलाई एम्समा भर्ना गरिएको थियो । त्यसपछि उनलाई आईसीयूमा सारिएको थियो ।

७३ वर्षीय येचुरीको मोतियाबिन्दुको पनि शल्यक्रिया गरिएको थियो । अगस्ट २२ मा उपचाररत येचुरीले भिडियो सन्देशमार्फत् पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यलाई श्रद्धाञ्जली दिएका थिए ।

उनी अस्वस्थ भएपछि नयाँदिल्लीस्थित एम्स अस्पतालको आईसीयुमा भर्ना भएका थिए । उनले विद्यार्थीकालबाटै राजनीति सुरु गरेका थिए । उनी भारतमा आपत्काल लागु गर्दा पटक पटक पक्राउ परेका थिए ।

यचुरी नेपाल-भारत सम्बन्धका जानकार नेतामध्ये एक थिए । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीका महाधिवेशनमा अतिथिका रुपमा सहभागिता जनाएका थिए ।

यचुरी पछिल्लो ३२ वर्षदेखि सीपीएम पोलिटब्यूरो सदस्य थिए । उनी सन् २०१५ देखि पार्टीको महासचिव भएका थिए। उनी संसदीय राजनीतितर्फ सन् २००५ देखि २०१७ सम्म भारतको राज्यसभा सदस्य भएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ५ : २३ बजे

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,