ब्राजिलमा डढेलोले दुई करोड २० लाख हेक्टर वन क्षेत्र जलेर नष्ट « Khabarhub

ब्राजिलमा डढेलोले दुई करोड २० लाख हेक्टर वन क्षेत्र जलेर नष्ट


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ब्रासिलिया – ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको अनुगमन सञ्जाल म्यापबायोमासले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

डढेलोका कारण सेप्टेम्बर महिनामा मात्रै एक करोड छ लाख ५० हजार हेक्टर जमिन जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ । दक्षिण अमेरिकी देश ब्राजिलका उत्तरी क्षेत्रका माटो ग्रोसो, पारा र टोकान्टिन डढेलोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मानिन्छन् । 

ब्राजिलको अमेजन क्षेत्र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएको छ र यहाँको एक करोड १३ लाख हेक्टर जमिन डढेलोले जलेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १ : २४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा