आजका समाचार : रविको बयान रुपन्देहीमा, मनाङ्गे जेलतिर र सहयोगी छान्दै ट्रम्प | Khabarhub Khabarhub

आजका समाचार : रविको बयान रुपन्देहीमा, मनाङ्गे जेलतिर र सहयोगी छान्दै ट्रम्प


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

बयानपछि बार्दलीबाट रविले भने- खोरमा थुँनिदैमा बाघ स्याल हुँदैन
सहकारी संस्थाको बचत ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएका छन् ।

बिहान ११ बजे कास्कीबाट श्रीएयरलाइन्सको जहाजमार्फत भैरहवा ल्याइएका उनीसँग करिब घण्टा लामो बयान सरकारी वकिलले लिएका छन् ।


बयानपछि उनलाई साँझ साढे ५ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राख्न लगिएको छ । उनले बयानपछि सरकारी वकिलको कार्यालयको बार्दलीबाट समर्थक र पत्रकारहरूतिर फर्किएर छोटो टिप्पणी गर्न भ्याए ।

दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत

रविले भने- सहिदहरूलाई सम्झिँदा निडर हुने तागत मिलेको छ

रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई बयानका लागि बुटवल लगिँदै

कांग्रेस-एमालेलाई नङ्ग्याएर जेलतिरै मनाङ्गे

कोशीका पूर्वमन्त्री अधिकारी थप सात दिन हिरासतमै रहने

कोशीका पूर्वमन्त्री अधिकारी मुछिएको प्रकरणमा थप दुईजना पक्राउ

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् ।


‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’

राष्ट्रपति पौडेलले आज कोप–२९ शिखर सम्मेलनमा सम्बोधन गर्ने

साना दलले अब ‘म्याजिक नम्बर’ भन्न छाड्नुपर्छ : शंकर पोखरेल

नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने

महशुल बक्यौता उठाउँदै उद्योगको लाइन जोड्ने प्राधिकरण बोर्डको निर्णय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित

अर्थतन्त्रका कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन

पर्यटनमन्त्रीले क्यासिनोबाट दुई करोड घुस लिएर घर किनेको कांग्रेस सांसदकै आरोप

सुदूरपश्चिम प्रदेश सरकारको सय दिने उपलब्धि सार्वजनिक
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा गरेका कामलाई प्रदेश सरकारले मुख्य उपलब्धि मानेको छ ।

सरकार गठनको एक सय दिनमा सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले तोकिएको समयमै चालु आर्थिक वर्षको बजेट आउन नसकेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार गठन भएपछि सुरुआतका दिनमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाएर बजेट ल्याइएको बताए।

रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन

बागमतीमा मन्त्रालयको संख्या १४ पुर्‍याइयो

आयोगको निर्देशन- उम्मेदवारको योग्यतासम्बन्धी प्रावधान पालना गर्नू

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ। यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ।

यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो। यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौँदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ ।


सियोल र सहयोगी संयुक्त राज्य अमेरिकाले आणविक शक्ति सम्पन्न उत्तर कोरियाले रुसमा हजारौं सैनिक पठाएको आरोप लगाउँदै आएका छन्। उत्तर कोरियाली सैनिकलाई रूसी पोशाकले सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन् ।

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

सहयोगी छान्न व्यस्त ट्रम्प : प्रशासनिक स्वरूपले लियो आकार

इजरायल आक्रमणको मारमा सिरियाली नागरिक

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ३३ बजे

एनपीएल : आज लुम्बिनी र सुदूरपश्चिम, कर्णाली र विराटनगर भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत शनिबार दुई खेल

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर २२ गते शनिबार तदनुसार

आज २०८१ साल मंसिर २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर २२ गते शनिबार तदनुसार

पत्रकार महासङ्घको निर्वाचन : शनिबार ११ बजेसम्म दाबी विरोध गर्न सकिने

काठमाडौं – नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि अध्यक्ष पदमा पाँच

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागमती – काठमाडौं–तराई मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडकखण्डअन्तर्गत मकवानपुरको बकैया