एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन « Khabarhub

एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी जाँच एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले पदबाट राजीनामा दिएका छन् । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि उनले आफ्नो पदबाट राजीनामा दिएका हुन्।

यसअघि नै ट्रम्पले आफूले राष्ट्रपति कार्यकालको काम सम्हाल्नुअघि नै क्रिस्टोफर रेलाई पदबाट हटाउने संकेत गरेका थिए ।

रेले यो घोषणा बुधबार एफबीआईको आन्तरिक बैठकमा गरेका हुन्। कयौँ हप्तासम्म सोच विचारपछि पदबाट हट्ने निर्णय लिएको उनले बताएका छन् ।

ट्रम्पले यसअघि नै आफ्ना विश्वासपात्र काश पटेललाई एफबीआईको नेतृत्वका लागि नाम घोषणा गरिसकेका छन् ।

काश पटेलले ‘नाटकीय रूपम’ एफबीआईको शक्तिलाई सीमित गर्ने कुरा गरेका छन् ।

क्रिस्टोफर रेलाई ट्रम्पले आफ्नो पछिल्लो कार्यकालका क्रममा सन् २०१७ मा नियुक्त गरेका थिए । उनलाई त्यसबेला सन् २०२७ सम्मलाई ट्रम्पले एफबीआई प्रमुख बनाएका थिए ।

तर ट्रम्पले दोस्रो पटक राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध जाँच थालेका थिए। यसका लागि उनले रिपब्लिकन्सको तर्फबाट आलोचना झेल्नु परेको थियो ।

यसबीच क्रिस्टोफर रेको राजीनामाको निर्णयबारेमा डोनाल्ड ट्रम्पले अमेरिकाकै लागि ठूलो दिन भनेका छन् ।

ट्रम्पले एक्समा भनेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि एक ठूलो दिन हो । यसले अमेरिकाको न्याय विभागलाई हथियारसरह प्रयोग गर्ने काम बन्द हुनेछ । अब हामी सबै अमेरिकी जनताको कानुनको शासन फेरि लागु गर्नेछौँ ।’

ट्रम्पले क्रिस्टोफर रे को नेतृत्वमा आफ्नो घरमा एफबीआईले अवैध रुपमा आफ्नो घरमा छापा मारेको बताएका छत्तन् । क्रिस्टोफरले आफ्नव शक्तिको प्रयोग गरेर बेकसुर अमेरिकीलाई तर्साउने र समाप्त पार्ने काम गरेको पनि ट्रम्पले बताए ।

अब ट्रम्पले काश पटेललाई एफबीआई प्रमुख बनाउँदैछन् । ‘एफबीआईको इतिहासमा काश पटेल सबैभन्दा योग्य व्यक्ति हुन् । एजेन्सीलाई अब उनले हाँक्नेछन् । उनी कानुन व्यवस्था लागु गर्न प्रतिबद्ध छन्’, उनले भनेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १ : १९ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ