बिमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्छ : स्वास्थ्यमन्त्री  « Khabarhub

बिमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्छ : स्वास्थ्यमन्त्री 


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्‍याउनका लागि स्वास्थ्य बिमाको दायरा बढाउनुपर्ने बताएका छन् ।

स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिक योगदानमा आधारित बिमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्न सक्छ।

जसले अस्पतालको चालु खर्च समेत बिमाबाट प्राप्त हुने स्थिति हुने बताए । उनले बिमामा आधारित स्वास्थ्य प्रणाली हुनुपर्ने र त्यसका लागि आफूले पैरवी गरिरहेको समेत बताए। स्वास्थ्य सेवा जहिल्यै पनि गुणस्तरीय मात्रै हुने भएकोले यसमा गुणस्तरीयता जोड्न आवश्यक नभएको उनको तर्क थियो । सेवाका आधारमा अस्पतालको वर्गीकरण हुनुपर्ने धारणा मन्त्री पौडेलको थियो ।

निरोधात्मक तथा उपचारात्मक सेवाको आधारमा अस्पतालको वर्गीकरण हुनुपर्छ, उनले भने । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले सन् २०३० सम्म दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्यमा सर्वव्यापी हुनुपर्ने बताए ।

उनले भने, निरोधात्मक क्षेत्रमा काम गर्न सकेको ९० प्रतिशत काम गर्नुपर्ने अवस्था छ । जसले स्वास्थ्यमा आर्थिक भार समेत कम गराउँछ। औषधि मूल्य समायोजन र स्वास्थ्य बिमामा सुधार गर्नुपर्ने अवस्था रहेको उनले बताए । स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि नयाँ स्रोत व्यवस्थाका लागि मन्त्रालय लागिपरेको उनले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले स्वास्थ्य क्षेत्रमा प्रत्येक नयाँ कार्यक्रम ल्याउँदा त्यसको स्रोत व्यवस्थापन गरिनुपर्ने बताए । क्यान्सर, मुटु रोग जस्ता जटिल प्रकारका सेवालाई प्रदेशस्तरसम्म विस्तार गर्नुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : ५६ बजे

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं– नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । यही

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली