विश्वको प्रश्न : प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन ? « Khabarhub

विश्वको प्रश्न : प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त किन ?


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले कानुन नै नहेरी प्रदेश प्रमुख बर्खास्त गरेको बताएका छन्। 

बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका शर्माले विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त गर्नु आफ्नो बहादुरी पेस गर्न खोजेको बताए । 

उनले भने, ‘प्रधानमन्त्री ज्यू विश्वासको मत नै नलिई प्रदेश प्रमुख बर्खास्त गरेर बहादुरी पेस गर्न किन आपत्ति ?’ 

उनले देशमा विश्वासको खडेरी भएको समेत  बताएका छन् । यसअघि प्रचण्ड सरकारले मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।

मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशी पदमुक्त भएका थिए ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : ५६ बजे

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान