पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल « Khabarhub

पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति पौडेल


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटनको विकासका लागि मुलुकको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।

बुधबार ललितपुरको बालकुमारीमा रहेको पुनः निर्मित बालकुमारी मन्दिर समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्यटनको विकासका लागि मुलुकको कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

उनले कला संस्कृति जगेर्नामा देखिएको उत्साह मुलुकलाई सुन्दर राष्ट्र बनाउनमा समेत उपयोग गर्नुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले उपत्यकाका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनः निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उपत्यकाको अनुसरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिने उनले बताए ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विनाशकारी भूकम्पले क्षति पुगेको मन्दिर निर्माणमा महानगरले आर्थिक सहयोग गरेको र यसलाई मौलिक तवरबाटै पुनः निर्मित गरिएको बताए ।
उनले ललितपुर महानगरभित्र आफ्नो कार्यकालमा ऐतिहासिक महत्वका एक सय ५५ वटा मठमन्दिर, पाटी पौवा, देवालय, शिवालय, फाल्चा निर्माण सम्पन्न गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १ : ४६ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको