सप्तरीका अग्निपीडितलाई नगद सहयोग « Khabarhub

सप्तरीका अग्निपीडितलाई नगद सहयोग


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टीका आगलागी पीडित परिवारलाई रु सात लाख ८५ हजार नगद सहयोग वितरण गरेको छ ।

समितिले पीडित परिवारका पाँच जनासम्मलाई रु १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका नगद वितरण गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

आगलागी पीडित १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद राहत वितरण गरिएको उनले जानकारी दिए । विसं २०८१ वैशाख १८ गते आगलागी हुँदा ४६ घर परिवारको घर जलेर स्वाह भएको समितिले जनाएको छ ।

आगलागी पीडितको नागरिकता, घरयकिन र मतदाता विवरणलगायत तथ्यगत विवरण सङ्कलनमा केही समय लागेकोले नगद राहत वितरण केही ढिलो भएको प्रजिअ थापाले बताए ।

राहत वितरण कार्यक्रम महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डल, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला, वडाध्यक्ष जयकिशोर दास र वार्ड सदस्य कमल पर्सेया, सप्तरी युथका कावा अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ४३ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर