पाथीभरा क्षेत्रमा वृक्षरोपण « Khabarhub

पाथीभरा क्षेत्रमा वृक्षरोपण


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको रोपिँदै छन् ।

अभियानका क्रममा गुराँस प्रजाति, धूपी, चिमल, रौट साल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ ।

जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्यालयअन्तर्गतका नर्सरीबाट बिरुवा खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षरोपणको अभियान थालेको केलबार निर्माण खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताए ।

उनले भने, ‘आज सेवा पूजासहित बृहत् वृक्षरोपण गर्ने अभियान सुरु गर्यौँ । अभियान असार १५ गतेसम्म जारी रहने छ ।

पाथीभरा केबलकार निर्माणका लागि गत वैशाख अन्तिम साता रुख काटेको थियो । राष्ट्रिय फूल गुराँसका बोट काटिएकामा समितिले विरोध गरेको छ ।

वन फँडनी भएको क्षेत्रमा विरुवा रोपिने संयोजक फेम्बूले बताए । पाथीभरा क्षेत्रमा चार वर्ष डढेलो लाग्दा धेरै बोटबिरुवा नासिएका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ५६ बजे

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्री रामहरिले १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन