प्रदीप पौडेल र चिनियाँ राजदूतबीच चक्रपथ निर्माणबारे छलफल « Khabarhub

प्रदीप पौडेल र चिनियाँ राजदूतबीच चक्रपथ निर्माणबारे छलफल


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार चिनियाँ दूतावासमा यी दुईबीच भेट भएको हो ।

बुधबार प्रदीप पौडेलले प्रतिनिधि सभामा चक्रपथको कलंकी–धोवीखोला खण्ड निर्माणमा नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन नहुने हो भने नेपाल आफैंले यो खण्ड निर्माण समयमा नै गर्नु पर्ने संकल्प प्रस्ताव दर्ता गराएका थिए ।

पौडेलले चक्रपथको यो खण्ड लथालिङ्ग छोड्दा काठमाडौंको प्रदुषण बढ्नु मात्र होइन, यस क्षेत्रमा बसोबास गर्ने वा यात्रा गर्ने मानिसको स्वास्थ्यमा समस्या हुन थालेको, दैनिक यात्रा कष्टकर हुन थालेको भन्दै यो प्रस्ताव प्रतिनिधि सभामा लगेका थिए ।

राजदूत छनसँग बिहीबार भएको भेटमा पौडेल र छनबीच यही विषयमा कुराकानी भएको थियो । चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन ।

‘नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउन साथ हामी यो काम अगाडि बढाउँछौ,’ भेटमा चिनियाँ राजदूत छनले पौडेललाई बताए ।

‘चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस्, यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ,’ पौडेलले भेटमा राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ ।

यसअघि बिहीबार नै पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच चक्रपथ विस्तारको यही परियोजना, काठमाडौं महानगरपालिकाको आगामि आर्थिक वर्षको कार्यक्रम, नीति तथा परियोजना र बजेट, काठमाडौं महानगरमा पर्ने काठमाडौं क्षेत्र नम्बर ५ का विभिन्न समस्याको समाधान तथा विविध विषयका व्यवस्थापनबारे छलफल गर्न भेट भएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ९ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको