किसानलाई अनुदानमा हाते ट्रयाक्टर « Khabarhub

किसानलाई अनुदानमा हाते ट्रयाक्टर


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – किसानलाई यान्त्रिकीकरण तथा आधुनिकीरकणतर्फ आकर्षित गराउन तारकेश्वर गाउँपालिकाले अनुदानमा ट्रयाक्टर उपलब्ध गराएको छ । तोकिएको मापदण्डका आधारमा ८६ किसानलाई हाते ट्रयाक्टर प्रदान गरिएको अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

उनका अनुसार कृषि उत्पादन वृद्धि र किसानलाई पेसाप्रति आकर्षित गराउन पालिकाको नीति तथा कार्यक्रम र बजेटको स्रोतका आधारमा डिजेल र पेट्रोलबाट चल्ने हाते ट्रयाक्टर वितरण गरिएको हो ।

“पालिकाले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र यान्त्रिकीकरण तथा आधुनिकीकरणको प्रयोगमा किसानलाई समावेश गराउन अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ”, अध्यक्ष अधिकारीले भने, “पालिकाको सहयोगले युवालाई कृषिमा आबद्ध गराई कमभन्दा कम लागतमा कृषि उत्पादकत्व बढाउन निकै प्रभावकारी हुने विश्वास लिइएको छ ।”

किसानले अनुदानमा पाएका ट्रयाक्टरमध्ये पेट्रोल प्रयोग हुनेमा किसानको रु १५ हजार र डिजेल प्रयोग हुनेमा रु २३ हजार लगानी परेको छ । सोही बराबरको रकम पालिकाले ब्यहोरेको हो ।

‘कृषि यान्त्रिकीकरण तथा ५० प्रतिशत अनुदान कार्यक्रम’मा हातेट्रयाक्टर वितरणका लागि पालिकाले गत चैत ३० मा सात दिन र सो अवधिमा छुटेकालाई पुनः वैशाख १० मा पाँच दिनको समय दिएर जारी गरिएको थियो

सोही सूचनाका आधारमा प्राप्त मागमध्ये मापदण्ड पूरा भएका किसानलाई ट्रयाक्टर उपलब्ध गराएको हो । अध्यक्ष अधिकारीका अनुसार पालिकाले कृषिको स्रोत केन्द्र, उत्कृष्ट किसान सम्मान, आलुसहित विभिन्न खेतीबाली र तरकारीको पकेट कार्यक्रममा किसानलाई दिँदै आएको सहयोगका कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

आगामी दिनमा यहाँको मौसम र माटो सुहाउँदो खेती गर्न प्राविधिकमार्फत माटो परीक्षण गराई सोहीअनुसार खेती लगाउन किसानलाई यसअघि कायम रहेका सहयोगलाई पनि आगामी वर्ष निरन्तरता दिन लागिएको उनले बताए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : १० बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता