किसानलाई अनुदानमा हाते ट्रयाक्टर « Khabarhub

किसानलाई अनुदानमा हाते ट्रयाक्टर


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – किसानलाई यान्त्रिकीकरण तथा आधुनिकीरकणतर्फ आकर्षित गराउन तारकेश्वर गाउँपालिकाले अनुदानमा ट्रयाक्टर उपलब्ध गराएको छ । तोकिएको मापदण्डका आधारमा ८६ किसानलाई हाते ट्रयाक्टर प्रदान गरिएको अध्यक्ष शिव अधिकारीले जानकारी दिए।

उनका अनुसार कृषि उत्पादन वृद्धि र किसानलाई पेसाप्रति आकर्षित गराउन पालिकाको नीति तथा कार्यक्रम र बजेटको स्रोतका आधारमा डिजेल र पेट्रोलबाट चल्ने हाते ट्रयाक्टर वितरण गरिएको हो ।

“पालिकाले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र यान्त्रिकीकरण तथा आधुनिकीकरणको प्रयोगमा किसानलाई समावेश गराउन अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ”, अध्यक्ष अधिकारीले भने, “पालिकाको सहयोगले युवालाई कृषिमा आबद्ध गराई कमभन्दा कम लागतमा कृषि उत्पादकत्व बढाउन निकै प्रभावकारी हुने विश्वास लिइएको छ ।”

किसानले अनुदानमा पाएका ट्रयाक्टरमध्ये पेट्रोल प्रयोग हुनेमा किसानको रु १५ हजार र डिजेल प्रयोग हुनेमा रु २३ हजार लगानी परेको छ । सोही बराबरको रकम पालिकाले ब्यहोरेको हो ।

‘कृषि यान्त्रिकीकरण तथा ५० प्रतिशत अनुदान कार्यक्रम’मा हातेट्रयाक्टर वितरणका लागि पालिकाले गत चैत ३० मा सात दिन र सो अवधिमा छुटेकालाई पुनः वैशाख १० मा पाँच दिनको समय दिएर जारी गरिएको थियो

सोही सूचनाका आधारमा प्राप्त मागमध्ये मापदण्ड पूरा भएका किसानलाई ट्रयाक्टर उपलब्ध गराएको हो । अध्यक्ष अधिकारीका अनुसार पालिकाले कृषिको स्रोत केन्द्र, उत्कृष्ट किसान सम्मान, आलुसहित विभिन्न खेतीबाली र तरकारीको पकेट कार्यक्रममा किसानलाई दिँदै आएको सहयोगका कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

आगामी दिनमा यहाँको मौसम र माटो सुहाउँदो खेती गर्न प्राविधिकमार्फत माटो परीक्षण गराई सोहीअनुसार खेती लगाउन किसानलाई यसअघि कायम रहेका सहयोगलाई पनि आगामी वर्ष निरन्तरता दिन लागिएको उनले बताए।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : १० बजे

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान