‘यही सरकारले गिरिबन्धु, नक्कली भुटानी शरणार्थी र सहकारी ठगी प्रकरण टुंग्याउनुपर्छ’ « Khabarhub

‘यही सरकारले गिरिबन्धु, नक्कली भुटानी शरणार्थी र सहकारी ठगी प्रकरण टुंग्याउनुपर्छ’


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार र अनियमितताका प्रकरणलाई अहिलेको सरकारले टुंगोमा पुर्‍याउनै पर्ने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा दुई ठूला दल मिलेर बनेको यो सरकारले भ्रष्टाचार मुद्दाबाट भाग्न नपाउने बताए ।

थापाले समावेशी र समानुपातिक कुरा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले यो बहसबाट कांग्रेस र एमाले भाग्न नहुने पनि बताए ।

थापाले दुई ठूला दल रातारात भ्रष्टाचार ढाकछोप गर्न मिलेका भन्ने आरोपलाई अहिलेको सरकारले चिर्नै पर्ने बताएका छन् ।

‘गिरिबन्धु टी-स्टेट प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी प्रकरणलाई यो सरकारले टुंगोमा पुर्‍याउनै पर्छ। भ्रष्टाचारका काण्ड लुकाउन दुई दल मिलेकाका आरोपलाई चिर्नुपर्छ’, उनले भने, ‘हामी भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउनुपर्छ भन्ने कुरामा प्रष्ट छौँ । हाम्रा कामबाट हामीले परिणाम देखाउनुपर्छ अब धेरै बोलेर हुँदैन ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकणमा अनुसन्धान जहाँ पुगेको छ त्यहाँबाट यो सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘गिरीबन्धु टी-स्टेट प्रकरणबारे पनि सर्वोच्च अदालतले भनेअनुसार अघि बढाउनुपर्छ । हदबन्दीभन्दा बढी जग्गा सरकारले फिर्ता ल्याउनुपर्छ’, उनले भने, ‘गिरीबन्धुको टी-स्टेटको जग्गा फिर्ता हुनुपर्छ ।’

थापाले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइन र ट्रंक लाइनबारे पनि यो सरकारले निर्णय लिनुपर्ने बताए । ‘संसद् र अदालतले पनि यसबारे बोलेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० सालमा लाल आयोग बनाएका थिए’, उनले भने, ‘सरकार भनेको निरन्तरता हो, त्यसैले अदालतको आदेश र संसदीय समितिको निर्देशनलाई टेक्नै पर्छ।’

उनले सरकार कसैको लहड र आदेशले चल्न नहुने बताए । ‘हामी कसैमाथि अन्याय हुन दिँदैनौँ । यदि बिजुली प्रयोग गरेको छैन भने समस्या हुँदैन,’ थापाले भने ।

महामन्त्री थापाले सहकारी प्रकरणमा मुछिएका ठगहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनै पर्ने बताए । ‘सरकारले म को हुँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ’, उनले भने, ‘सत्तामा हुँदा एउटा अनि सत्ताबाहिर हुँदा अर्को कुरा गर्नु ठीक होइन । भ्रष्टाचारकाण्डमा सरकार कठोर हुनुपर्छ।’

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ४५ बजे

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई