एकीकृत समाजवादीले उपनिर्वाचनमा विपक्षी गठबन्धनसँग समन्वय गर्ने | Khabarhub Khabarhub

एकीकृत समाजवादीले उपनिर्वाचनमा विपक्षी गठबन्धनसँग समन्वय गर्ने


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकताअनुसार सहकार्य गर्ने भएको छ ।

समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा विपक्षी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।

पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रूपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

उनले नेकपा माओवादी केन्द्रलगायत अन्य केही दलसँग सहकार्य तथा गठबन्धनका लागि अन्तिम चरणमा छलफल गरिएको उल्लेख गर्दै त्यसका आधारमा कति उम्मेदवार कुन स्थानमा छनोट गर्ने भन्ने टुङ्गो लगाइने बताए ।

करिब एक लाख ५० हजार सङ्गठित सदस्य रहेको पार्टीले सङ्गठन सुदृढीकरणमा अनुभव तथा योगदान गरेका नेता एवं कार्यकर्तालाई उम्मेदवार सिफारिस गर्न कमिटीलाई निर्देशन दिएको छ ।

सत्तारुढ दलहरूसँग भने गठबन्धन नगर्ने पार्टीले जनाएको छ । स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ ।

आगामी मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ४२ बजे

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप