राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने | Khabarhub Khabarhub

राष्ट्रियसभाका उम्मेदवारले चुनाव प्रयोजनका लागि ३ लाख ५० हजार खर्च गर्न पाउने


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभा सदस्य उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने जनाएको छ ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची– १ अनुसार ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने हद तोकेको हो ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन प्रयोग, सवारी साधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन तथा विविध शीर्षमा गर्न सकिने आयोगले स्पष्ट पारेको छ ।

यस्तै, उमेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सकिने छ । यसरी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनैको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न आयोगले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १२ : ५३ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ