नेपालगञ्जमा सामूहिक रुपमा आगो ताप्ने व्यवस्था « Khabarhub

नेपालगञ्जमा सामूहिक रुपमा आगो ताप्ने व्यवस्था


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिक रुपमा आगो ताप्ने व्यवस्था गरेको छ ।

उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरिएको छ । नगर प्रमुख विष्टले अब नियमित रुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकमा समेत दाउरा वितरण गर्ने बताए ।

“शीतलहरको सुरुआतसँगै चिसो अत्यधिक बढेकाले सर्वसाधारणको सहजताका लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएका हौँ”, नगरप्रमुख विष्टले भने, “जाडोका कारण आगो ताप्न नपाएर बाँकेमा कसैले पनि ज्यान गुमाउनु पर्ने छैन ।”

नेपालगञ्जका रामलीला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए ।

उक्त दाउरा वितरण र सामूहिक आगो ताप्ने कार्यक्रममा उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख बोगटीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै