अन्त्यमा एक्लै थिइन् बलिउडकी ‘आमा’ दुर्गा « Khabarhub

अन्त्यमा एक्लै थिइन् बलिउडकी ‘आमा’ दुर्गा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले बलिउड नायिका बन्न जुनसुकै परिवारले पनि साथ दिन्छ । बलिउडमा राज परिवारदेखि सामान्य परिवारबाट आएका नायिकाहरु छन् । तर, भारतमा सुरुवाती समयमा फिल्ममा काम गर्नेलाई समाजमा नराम्रो पात्रका रुपमा चित्रण गरिन्थ्यो । त्यसबेला प्रतिष्ठित परिवारका छोरी–बुहारीले फिल्ममा काम गर्दैनन् भन्ने मान्यता थियो ।

यही मान्यता तोडेका कारण मृत्यु भएको ३२ वर्षपछि पनि दुर्गा खोटेको सम्झना गरिन्छ । उनलाई बलिउडमा ‘आमा’ को रुपमा चित्रण गरिन्छ । फिल्ममा महिलालाई काम गर्न प्रेरित र धेरै आमाको भूमिका निर्वाह गरेका कारण उनलाई यो उपमा दिइएको हो ।

पतिको निधनले फिल्ममा

सन् १९०५ जनवरीमा हिन्दू परिवारमा जन्मिएकी दुर्गाको १८ वर्षको उमेर विवाह भएको थियो । विवाहको केही वर्षमै उनका श्रीमानको निधन भयो । यससँगै दुई छोराको पालनपोषणको जिम्मेवारी उनैमा आइपर्‍यो । उनी आर्थिक संकटको शिकार भइन् र पैसाका लागि फिल्ममा काम गर्ने निर्णयमा पुगिन् ।

दुर्गा फिल्ममा काम आउँदा पूरा समाज उनका विरुद्धमा थियो । उनी मुम्बईको प्रतिष्ठित परिवारमा जन्मिएकी थिइन् । छोरीले फिल्ममा काम गर्दा प्रतिष्ठामा असर पर्ने भन्दै परिवार पनि उनको निर्णयमा सहमत थिएन । तर, दुर्गा आफ्नो निर्णयबाट डगमगाइनन् ।

विद्रोह गरेर सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनले पहिलो फिल्म प्रदर्शनमा आएपछि फेरि आलोचना खेप्नुपर्‍यो । ‘फरेबी जाल’ उनले खेलेको पहिलो फिल्म हो । सो फिल्ममा उनको स्क्रिन टाइम १० मिनेट मात्रै थियो । तर उनले निर्वाह गरेको भूमिकालाई लिएर आलोचना समेत भएको थियो ।

अन्त्यमा एक्लै दुर्गा

विद्रोह गरी फिल्ममा आएर धेरै अभिनेतृका लागि प्रेरणा बनेकी दुर्गाको व्यक्तिगत जीवन उत्तार–चढावमै बित्यो । बिहेको केही वर्षमा नै श्रीमानसँग छुटिनुपर्‍यो । पुरुषवादी समाजमा विद्रोह गर्न उनले परिवारको समेत साथ पाइनन् ।

त्यस्तै, साहारा बनेका एक छोरालाई पनि उनले अल्पआयुमै गुमाइन् । ४० वर्षीया कान्छो छोराको निधनले उनी ठूलो पीडाबाट गुज्रनु परेको थियो ।

आज जन्मदिन

दुर्गा फिल्म क्षेत्रमा सन् १९३१–१९८३ सम्म सक्रिय रहिन् ।

यस दौरान उनले दुई सयभन्दा बढी फिल्ममा अभिनय गरिन् । जसमा उनले बढी आमाको भूमिका निर्वाह गरिन् । पछि उनले फिल्म निर्माणमा पनि हात हालिन् ।

जनवरी १४ उनको जन्म दिन हो । उनले फिल्म क्षेत्रमा गरेको विद्रोहका कारण उनलाई सम्झने गरिन्छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : २८ बजे

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित