बागमतीमाथि एपिएफको सानदार जित « Khabarhub

बागमतीमाथि एपिएफको सानदार जित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशलाई ८९ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरूवात गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो ।एपिएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रनमै अलआउट भयो ।

बागमतीका लागि ओपनर आशुतोष घिराइयाले ४१ रन जोड्दा अर्का ओपनर इशान पाण्डे शून्य रनमा आउट भए । कप्तान रित गौतमले ६० रन जोडे । यस्तै रविन जोशीले नटआउट २० रन जोडे ।

बलिङमा एपिएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए । अभिनास बोहरा र मौसम ढकालले २–२ विकेट लिन सफल भए ।
त्यसअघि एपिएफले सन्दीप जोराको शतकमा ९ विकेटको क्षतिमा २४१ रन जोडेको थियो ।

टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफको कमजोर अवस्थाबाट सन्दीपले शतक प्रहार गरेर टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

बलिङमा बागमतीका सूर्य तामाङले ३ विकेट लिए । प्रतिश जिसी र रिजन ढकालको नाममा २-२ विकेट रहँदा सोनु देवकोटाले १ विकेट हात पारे । यसअघि बागमती हिजो पुलिससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : २० बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा