सरकारबाट बाहिरिने सिके राउतको संकेत, छलफलका लागि प्रधानमन्त्रीले बोलाए « Khabarhub

सरकारबाट बाहिरिने सिके राउतको संकेत, छलफलका लागि प्रधानमन्त्रीले बोलाए


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएर गठबन्धन सरकारमा आवद्ध जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । राउतले सरकार छाड्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले उनलाई छलफलका लागि बोलाएका छन् ।

पार्टीका अध्यक्ष सिके राउतले आइतबार खबरहबसँग कुरा गर्दै आफू जुनसुकै बेला पनि सरकार बाहिर बाहिरन तयार भएको बताएका हुन् । उनले भने, ‘मलाई सत्तामा बस्न लोभ छैन । म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट निस्की भनेका दिन निस्कन तयार छु । म सङ्घीयता खतरामा नपरोस् भनेर मात्र सरकारमा सहभागी भएको हो ।’

आइबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीका अध्यक्ष राउत सहभागी भएनन् । बैठकपछि राष्ट्रियसभाका उम्मेदवारलाई जिताउने गरिएको संयुक्त अपीलमा पनि राउतले हस्ताक्षर गरेनन् ।

प्रधानमन्त्री दाहालले आफूहरूलाई बैठकमै नबोलाएको राउतले बताए । उनले भने, ‘राष्ट्रियसभामा म आफ्नो किसिमले उम्मेदवारी दिन्छु, यो मेरो पार्टीको स्वतन्त्रताको विषय हो ।’

बालुवाटार बैठकमा राउतको अनुपस्थितिसँगै प्रधानमन्त्रीले सिके राउतको पार्टीलाई सरकारबाट मन्त्री फिर्ता बोलाउन भनेको चर्चा सुरु भएको छ । राउतका अनुसार सोमबार प्रधानमन्त्री दाहालले भेट्न बोलाएका छन् । उनले भने, ‘किन बोलाउनुभएको हो थाहा छैन । तर, म राष्ट्रियसभामा गठबन्धन गरेर जाने पक्षमा छैन ।’

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एक सिट नदिएपछि सिके राउत र प्रधानमन्त्री दाहालबीच खटपट सुरु भएको हो ।

प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा रहेको जनमत पार्टीको ६ सिटमा प्रतिनिधित्व छ । एउटा मन्त्रालय पाएको जनमतले अनिता देवीलाई सामान्य प्रशासन मन्त्रीका रुपमा सरकारमा पठाएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : ०२ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल