महिला प्रिमियर कप क्वार्टरफाइनल : आज नेपाल र कुवेत भिड्ने | Khabarhub Khabarhub

महिला प्रिमियर कप क्वार्टरफाइनल : आज नेपाल र कुवेत भिड्ने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलका खेल आज हुँदैछन् ।

आजको क्वार्टरफाइनलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।  मलेसियाको वाईएसडी ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल समुह चरणमा अपराजित रहँदै समुह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समूह चरणमा कुवेतले सिङ्गापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै मलेसिया र जापान तथा हङकङ र थाइल्याण्डबीच पनि क्वार्टरफाइनल खेल हुँदैछ ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वार्टरफाइनलमा पुगेका छन् ।

त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ३७ बजे

अमेरिकी राष्ट्रपतिमा ह्यारिसको उम्मेदवारी घोषणा, ओबामाले पनि गरे समर्थन

काठमाडौँ– अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ